अजयलाई पर्यो पितृशोक अन्तिम यात्रामा उर्लियो बलिउड

28 May, 2019 14:22 | कला/मनोरन्जन , वलिउड | comments | 101850 Views

हिन्दी सिनेमामा सिंघम स्टारका रुपमा चर्चित बहुप्रतिभाशाली अभिनेता अजय देवगनलाइ पितृशोक परेको छ । उनका पिता कुनै समयका प्रख्यात द्वन्द्व निर्देशक विरु देवगनको निधन भएको हो ।

सोमबार बिहान सांताक्रुजस्थित सूर्या अस्पतालमा हृदयघातबाट विरुका भएको हो । ७७ वर्षका विरु देवगन को मृत्युपछि उनको अन्तिम संस्कारका सोमबार बेलुका मुम्बईस्थित शाम विले पार्लेस्थित घाटमा गरिएको छ । उनको अन्तिम यात्रा अजय देवगनको जहुस्थित घरबाट निकालिएको थियो ।

  

उनको अन्तिम यात्रामा बलिउडका चर्चित कलाकारहरु सहभागी थिए । विरुको अन्तिम यात्रामा अनितेता अनिल कपुर, सुनिल शेट्टी, संजय दत्त, सनी देओल, बबी देओल, शाहरुख खान, अभिषेक, ऐश्वर्या बच्चन, अर्जुन कपुर, तुषार कपुर, विन्दु दारा सिंह, रंजित, राजा मुराद, बोनी कपुर, सतिश कौशिक, राजकुमार गुप्ता र अनिस बज्मीसमेत विभिन्न सेलिब्रिटीको उपस्थिति रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More