अभिनेत्री स्टोर्मी ड्यानियल्सलाई ‘ट्रम्पबारे नबोल्न धम्की’
अमेरिकी वयस्क चलचित्रकी अभिनेत्री स्टोर्मी ड्यानियल्सले उनलाई सन् २००६ मा डोनल्ड ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुपचाप रहन भनिएको बताएकी छिन्।
वास्तविक नाम स्टेफेनी क्लिफोर्ड रहेको ती अभिनेत्री नायिकाले अमेरिकी टेलिभिजन सीबीएस न्यूजलाई बताएअनुसार सन् २०११मा लास भेगसको एक कार पार्किङ क्षेत्रमा एक पुरूषले ट्रम्पसँगको सम्बन्धबारे चुप रहन भनेका थिए।

उनका अनुसार ती पुरूषले ‘ट्रम्पलाई एक्लै छोडिदिनु’ भन्दै उनको छोरी भएतिर हेर्दै भनेका थिए, ‘यिनकी आमालाई केही भइहाल्यो भने त्यो लाजमर्दो हुनेछ।’तर ट्रम्पले ती अभिनेत्रीसँग कुनै सम्बन्ध भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।
ट्रम्पका वकीलहरूले चाहिँ ती अभिनेत्रीले सन् २०१६को राष्ट्रपतीय चुनावअघि भएको सबै कुरा गोप्य राख्नेबारेको एक सहमति भङ्ग गरेबापत ड्यानियल्सले २ करोड डलर तिर्नुपर्ने माग गरिरहेका छन्।
‘यौन सम्पर्क’
ड्यानियसल्स (स्टेफेनी क्लिफोर्ड) का अनुसार ट्रम्पसँग उनको एकपटक यौन सम्पर्क भएको थियो।
म शिशु छोरीसँग कार पार्किङ गर्ने ठाउँमा थिएँ। म फिटनेस क्लासमा जाँदै थिए। त्यतिबेला एउटा पुरूष म नजिकै आए भने ट्रम्पलाई एक्लै छोडिदिनू। त्यो कथा बिर्सिदिनू। त्यसपछि उनले मेरो छोरीतिर हेर्दै भने मलाई केही भयो भने लाजमर्दो हुनेछ। त्यसपछि उनी गए
स्टेफेनी क्लिफोर्ड , स्टोर्मी ड्यानियल्स नामले चिनिने वयस्क अभिनेत्री
ट्रम्पको सन् २००५ मा मेलानिया ट्रम्पसँग बिहे भएको थियो।आइतवार साँझ प्रसारण हुने ‘सिक्स्टी मिनट शो’मा बोल्दै उनले एक म्यागाजिनलाई ट्रम्पसँगको सम्बन्धबारेको कथा भन्न जाँदै गर्दा ती पुरुषले चेतावनी दिएका थिए।
उनले भनिन्, “म शिशु छोरीसँग कार पार्किङ गर्ने ठाउँमा थिएँ। म फिटनेस क्लासमा जाँदै थिए। त्यतिबेला एउटा पुरूष म नजिकै आए भने ट्रम्पलाई एक्लै छोडिदिनू। त्यो कथा बिर्सिदिनू। त्यसपछि उनले मेरो छोरीतिर हेर्दै भने मलाई केही भयो भने लाजमर्दो हुनेछ। त्यसपछि उनी गए।
पछिल्लो आरोपबारे राष्ट्रपति ट्रम्पले केही बोलेका छैनन्।सप्ताहअन्तमा ट्रम्प फ्लोरिडास्थित आफ्नो इस्टेट पुगेका थिए र उनी सोमवार वासिङ्टन आउने कार्यक्रम रहेको वासिङ्टन पोस्ट पत्रिकाले जनाएको छ।
बीबीसी
६८ वर्षीया बलिउड अभिनेत्री जीनत अमान बलात्कृत !
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


