अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण : अस्पतालको आइसोलेसनमा भर्ना
विश्वप्रख्यात भारतीय अभिनेता अमिताभ बच्चन र उहाँका छोरा कलाकार अभिषेक बच्चनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
उहाँहरू दुबैजनाले आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराउनुभएको छ ।

उहाँहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसक्नुभएको सन्देशमा उल्लेख छ । उहाँहरूलाई सङ्क्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।
संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गर्दै भन्नुभयो, “७७–वर्षीय अमिताब र छोरा अभिषेकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उहाँहरूको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।”
भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कूल ९१ हजार ४५७ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा अझै २२ हजार ७७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उहाँहरूको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


