अमेरिकी राष्ट्रपति ट्रम्पका पूर्वव्यवस्थापकमाथि यौनदुर्व्यवहारको आरोप

28 December, 2017 14:26 | कला/मनोरन्जन , हलिउड | comments | 200400 Views

अमेरिकी गायिका जोय भिल्लाले राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी प्रचार अभियानका पूर्वव्यवस्थापकमाथि यौनदुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

भिल्लाले ट्रम्पको चुनावी अभियानका पूर्वव्यवस्थापक कोरी लेवान्डोस्कीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । गत महिना वासिङ्टनमा भएको एक कार्यक्रममा लेवान्डोस्कीले आफ्नो शरीरको पछिल्लो भागमा दुईपटक हिर्काएको आरोप भिल्लाले लगाएकी हुन् ।

  

सेलिब्रेटी, राजनीतिज्ञ तथा विभिन्न ठूला कम्पनीमा हुने गरेका यौनदुर्व्यहारका घटना बाहिर आउने क्रममध्येको यो पछिल्लो घटना हो । विशेष गरी हलिउड निर्माता हार्बी वाइनस्टिनमाथि विभिन्न अभिनेत्रीले यौनदुव्र्यवहारको आरोप लगाएपछि यस्ता घटना बाहिर आउन सुरु भएको हो ।

आफू पहिले चुप बसेको र अहिले साथीहरुले हिम्मत दिएपछि आफूमाथि भएको दुर्व्यवहारको बारेमा खुलेर बोलेको भिल्लाले अमेरिकी सञ्चारमाध्यमसँग बताएकी छिन् । लेवान्डोस्कीले भने आरोपका बारेमा केही बताएका छैनन् ।

भारतीय चिकित्सकको वीरमा कर्तुत, अल्ट्रासाउन्ड गर्दा महिलामाथि यौनदुर्व्यवहार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More