अविश्वास प्रस्ताव दर्ता हुनु अगावै गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

15 April, 2021 15:56 | गण्डकी प्रदेश , प्रदेश | comments | 87450 Views

मुख्यमन्त्रीबिरुद्ध विश्वास प्रस्ताव ल्याउने तयारी भैरहेका बेला गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालु अधिवेशन अन्त्य गर्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ ।

  

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगी बिहिबार नै अविवास प्रस्ताव दर्ता गर्ने तयारीमा थिए ।

सरकार परिवर्तन गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहमति भैसकेको थियो । यसअघि अविश्वासको प्रस्ताव दर्ता गर्न यी तीन दलले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका थिए । तर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका थिए । तर मध्यरातबाटै अधिवेशन अन्त्य गरिएको छ ।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More