आजको राशिफल– २०७६ फागुन २७ गते मंगलबार

10 March, 2020 11:46 | राशिफल | comments | 92100 Views

mesh
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ, चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्।

brish

  

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

mithun
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

karkat
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
भौतिक साधन जुट्नाले दिगो फाइदा हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। प्रयत्न गर्दा दैनिकीमा परिवर्तन आउनेछ।

simha
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। आयस्रोत अलि कमजोर हुनाले नयाँ काम सुरुवात गर्न समय लाग्नेछ।

kanya
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। कामको सफलताले हौसला जगाउनेछ। अरूका कमजोरीबाट फाइदा उठाउने समय छ। विभिन्न अवसरले पछ्याए पनि विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। तर्क र कूटनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन सजग रहनुपर्ला।

tula
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

brischik
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। तर केही काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि आंशिक लाभ हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाउने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ।

dhanu
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। कूटनीतिक व्यक्तिको सहयोग जुट्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ।

makar
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

kumbha
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला। काम पूर्ण नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
min
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

(नेपाली पात्रो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More