’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै ’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै

  • ’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै
  • ’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै
  • ’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै
  • ’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै
  • ’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै

’आदित्य नारायण झा लाइभ इन नेपाल’ हुँदै

14 June, 2019 14:47 | कला/मनोरन्जन , वलिउड | comments | 139500 Views

’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ ।

नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् । केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाण्डौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन । ’आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् ।

गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ’कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

  

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ । टिकेट क्लब फरेनहाइटमा पाइनेछ भने ९८०३४१२९५६ र ०१-४४४१२२० मा सम्पर्क गरेर पनि खरिद गर्न सकिनेछ । आदित्यले पनि आफु नेपाल आउँन लागेकोमा खुसि व्यक्त गरेका छन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ हेर्ने गरिन्छ भने युवापुस्ता माँझ उनको क्रेज राम्रो छ ।

आदित्यलाई डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ । आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू, आशिर्वादको पानि घट्ट, रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् । बलिउडमा प्राय पार्श्व गायकको गीत गाउँन सक्ने मानिने आदित्यले केहि दिनमै भिडियो संदेश मार्फत सम्बोधन गर्ने समेत आयोजकले जनाएका छन् ।

ग्राउन्ड स्टाफसँग माफी मागेपछिमात्रै चढ्न पाए आदित्यले विमान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
’आदित्य नारायण झा लाइभ इन नेपाल' हुँदै

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More