आमा बनिन् शाकिरा

23 January, 2013 14:50 | कला/मनोरन्जन , हलिउड | comments | 72900 Views

बार्सिलोनाका स्पेनिस स्टार जेरार्ड पिके र शाकिराको पहिलो सन्तानका रुपमा छोरा जन्मिएको छ । शाकिराले स्पेनको बार्सिलोनामा शनिबार राति ९ बजेर ३६ मिनेटमा जन्म दिएको छोराको नाम मिलान राखिएको छ ।

 

जन्मिएको केही घण्टामा नै मिलान स्पेनिस क्लब बार्सिलोनाको सदस्य बनिसकेका छन् । अस्पतालले बच्चा र आमा दुबै स्वस्थ रहेको बताएको छ ।

  

 

३५ वर्षीया कोलम्बियन शाकिराका प्रेमी पिके भने उनीभन्दा १० वर्ष कान्छा छन् । २ वर्षसम्म आफ्नो सम्बन्धलाई लुकाएकी शाकिराले गत वर्षमात्र पिकेसँगको प्रेम सर्बजनिक गरेकी थिइन् । शाकिराले केही दिन अघि मात्र युनिसेफको सहयोगका लागि गर्भवती अवस्थाको तस्वीर खिचाएकी थिइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More