आयुष र प्रीतमले हल्लाए भारत- सारेगमपको फाइनलमा कस्तो गीत गाए र के भने निर्णायकले (भिडियोसहित)

4 June, 2019 10:55 | कला/मनोरन्जन , वलिउड | comments | 132750 Views

नेपालमा प्रतिभाको कमी छैन कमी छ त केवल मौकाको भन्ने दृष्टान्त भक्तपुरका आयुष केसी र इटहरीका प्रीतम आचार्यले दिएका छन् । यसअघि तेरिया मगरले रियालिटी डान्स सोमा दुईपटक उपाधी जितेर नेपाली प्रतिभाको उजागर गरेकी थिइन ।

अहिले भने नेपाली बालकद्वय भारतको टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटल च्याम्प्सको फाइनलमा पुगेका छन् ।

  

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन् । उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रशारण हुँदै आएको छ ।

विभिन्न राउन्ड हुँदै दुई नेपाली बालक रियालिटी शोको फाइनलमा पुगेकोमा उनीहरूका अभिभावकहरूले आफू ज्यादै हर्षित बनेको प्रतिक्रिया दिएका छन् ।

गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ ।

आइतवार भएको सेमिफाइनलको प्रतिस्पर्धाको प्रस्तुतिमा केसी र आचार्यले शत प्रतिशत अङ्क पाए । त्यतिमात्र होइन कार्यक्रमका निर्णायकहरूले उनीहरू दुवै जनालाई जुरुक्कै बोकेका थिए ।

प्रीतम आचार्यको प्रस्तुति हेरिसकेपछि बलिउड सङ्गीतकार आनन्दराज आनन्दले स्मरणयोग्य प्रस्तुति भन्दै प्रोत्साहन दिएका थिए । दुई साताअघिको प्रस्तुतिमा अभिनेता सलमान खानले प्रीतम आचार्यलाई तिमीले नेपालले गर्व गर्ने काम गरिरहेका छौ भनेर प्रतिक्रिया दिएका थिए ।

आयुष केसीले गीत गाएपछि निर्णायक मण्डल ग्र्यान्ड ज्युरीका प्रायः सबै सदस्यले उनलाई जुरुक्कै बोकेका थिए । निर्णायक ऋचा शर्माले भनिन्, तिम्रो प्रस्तुतिले लाग्दैछ ईश्वर यतै नजिकै कतै छन् ।

आयुष केसीका बुवा रामकृष्ण केसीले दुई बालकले नेपालकै इज्जत राखेको प्रतिक्रिया दिंदै उनले भने, धेरै मेहिनेत गरेर बच्चाहरू अन्तिम प्रतिस्पर्धामा पुगे। यो सबैको सद्भाव र उनीहरूको परिश्रमको फल हो। उनीहरूले नेपालको नाक राखेका छन्।

प्रीतम आचार्यकी आमा राधिका आचार्यले पनि आफ्नो छोरा फाइनलमा पुगेकोमा हर्ष व्यक्त गर्दै प्रीतमले फाइनल जित्छ भन्ने आशा छ । तर प्रतिस्पर्धा हो । हामी सबै खुसी छौँ ।

नेपाली ठिटो पृतम आचार्यको हल्लाए भारत जजहरुले थाम्न सकेनन आँसु सबैले लाईक र शेयर अनि भोट गर्दै जिताउ । plz shareVideo source : zee tvyoutube:https://www.youtube.com/user/zeetv

Posted by Live24 Nepal on Sunday, June 2, 2019

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More