एक हजार ५० नयाँ पेट्रोलपम्प खोल्न आवेदन
नयाँ पेट्रोलपम्प खोल्नका लागि विभिन्न स्थानबाट इजाजत माग भएको छ । मुलुकभर एक हजार ५० वटा नयाँ पम्प खोल्ने इजाजत माग भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले विनियमावली संशोधन गरेर पेट्रोलपम्म खोल्नका लागि निश्चित मापदण्ड तयार गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले विभिन्न ठाउँमा पम्प खोल्नका लागि माग भएकाले स्थान र सञ्चालनकहरुको कागजपत्र अध्ययन भइरहेको जानकारी दिए । केही समय अध्ययन गरेर मात्र अनुमति पाउने÷नपाउने टुङ्गो लाग्ने उनले बताए ।

प्रक्रिया पूरा गरेका सबै पम्पहरुलाई अनुमति दिने तयारी निगमको छ । निगमले २०७६ वैशाख १७ गते नयाँ पम्पका लागि आवेदन माग गरेको थियो । यस अघि २०६८ सालदेखि निगमले नयाँ इजाजत दिन बन्द गरेको थियो । निगमको नयाँ मापदण्ड अनुसार पम्प सञ्चालका लागि पूर्व–पश्चिम राजमार्गमा कम्तीमा १० कठ्ठा, व्यापारिक सडकमा सञ्चालन गर्न कम्तीमा ८ कठ्ठा, गाउँमा सञ्चालन गर्न ६ कठ्ठा र नमुना पम्पका लागि २० कठ्ठा जग्गा हुनुपर्ने छ ।
पम्पमा जडान हुने सफ्टवेयरलाई निगमको सफ्टवेयरसँग जडान गर्न मिल्ने सिस्टम राख्नुपर्ने, पार्किङको सुविधा, फायर इस्टिंग्यूसर, दक्ष कर्मचारी, शौचालय, विश्राम गृहलगायतका पूर्वाधार अनिवार्य गरिएको छ । पम्पको अनुमति लिन १० लाख धरौटी र ५० हजार आवेदन शुल्क सञ्चालकले बुझाउनु पर्छ । नयाँ पम्प सञ्चालनका लागि गाउँपालिकाका केन्द्रहरुबाट पनि धेरै माग आएको निगमले जानकारी दिएको छ ।
स्थानीय तहको पुनःसंरचनासँगै गाउँपालिकामा बढ्दो चहलपहलकै कारण पेट्रोल पम्पहरु बढी मात्रामा त्यस्ता ठाउँहरुमा सञ्चालन हुन लागेको उनको भनाइ छ । यसअघि सदरमुकाम र राजमार्गमा मात्र पम्प सञ्चालन हुने गरेको थियो । अब गाउँपालिकाको केन्द्रमै पम्प सञ्चालन हुने भएपछि इन्धनकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास निगमले लिएको छ ।
पछिल्लो समय मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो छ । त्यसकारण पनि पम्प संख्या थप्नुपर्ने बाध्यता छ । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको निगमको तथ्यांक छ ।
सातवटै प्रदेशलाई लक्षित गरी निगमले पम्म खोल्नसक्ने व्यवस्था गरेको छ । निगमका अनुसार साधरण विक्रेता र पेट्रोल विक्रेताबीचको बिक्री स्थलको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्नेछ । तर, पूर्वपश्चिम राजमार्गको हकमा भने उक्त दूरी ५ सय मिटर बाहिर हुनुपर्नेछ ।
आजको कारोबार दैनिकमा खबर छ ।
विराटनगरका अधिकांश पेट्रोलपम्प ‘जोखिममा’
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


