एनआरएनए जापानको सदस्यता वितरण अवधि थप

24 April, 2021 12:19 | जापान | comments | 78900 Views

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको नयाँ कार्यकाल (२०२१-२०२३)का लागि सदस्यता वितरणको अवधि बढाएको छ । यसअघि अप्रिल २५ तारिखसम्म सदस्यता लिन आव्हान गरिएकोमा एनआरएनए कार्यसमिति बैठकले अप्रिल ३० सम्म नयाँ सदस्यता वितरण गर्ने समय थप गरेको छ ।

संघका पवक्ता सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति जारी गरी थपिएको समय अनुसार अब अप्रिल ३० तारिख साँझ ११ः५९ सम्म सदस्यता लिन सकिने बताउनुभएको छ ।

  

बैठकले एनआरएनए जापानले सदस्यता शुल्क जम्मा गरिसकेको तर फारम नभरेकाहरुले तोकिएको मितिभित्र सदस्यता फारम भर्न अनुरोध गरेको छ ।

त्यस्तै फारम भरिसकेको तर आवश्यक कागजात जस्तै सदस्यता शुल्क बुझाएको रसिद, आईडी कार्ड अपलोड नगरिएको, प्रोफाइल फोटो नसमलेको लगायतका समस्य भएका फारमलाई आवश्यक जानकारी सहित इमले पठाएसकिएकाले तोकिएको मितिभित्र आफ्नो सदस्यता फारम पूरा गर्न अनुरोध गरिएको छ ।

बैठकले क्षेत्रीय समितिको अधिवेन मे १५ देखि जुन २५ सम्मा समपन्न गर्ने र राष्ट्रिय समन्वय परिषद्को अधिवेशनन जुलाई २५ मा गर्ने निर्णय गरेको छ भने क्षेत्रय समिति अधिवेशन नियमावली र क्षेत्रीय समिति अधिवेशन सुपरिवेक्षण तथा अनुगमन समित पनि गठन गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More