एनआरएनए जापान सेन्दाई क्षेत्रीय समिति संयोजकमा हरिगोपाल

22 March, 2021 10:46 | एन आर एन न्युज , जापान | comments | 88950 Views

गैरआवासीय नेपाली संघ एनआरएनए जापान सेन्दाई क्षेत्रीय समितिको संयोजकमा हरि गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आईतबार एक समारोहका बीच सेन्दाईमा भएको विशेष अधिवेशनले श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय नयॅा कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यकाल २०२१(२३का लागि एनआरएनए जापानको अधिवेशन तथा नयाँ नेतृत्वमा रस्साकस्सीको पूर्वसंध्यामा टोकियो, फुकुओका, नागोया, तोचिगी, निगाता लगायतका क्षेत्रका पदाधिकारीहरूको सेन्दाईमा बाक्लो उपस्थितीमा भएको थियो ।

  

खचाखच भरिएको टिकेपी हलमा अधिवेशनले उपसंयोजकहरु छिरिङ्ग नुरू शेर्पा, बिमल जिएम, सन्दिप जिसीलाई चयन गरेको छ भने सचिवमा सावित्री लामा, सहसचिवमा निमा तामाङ र बिनोद मतहरा, कोषाध्यक्षमा कृष्ण बिक्रम घिसिङ, सहकोषाध्यक्षमा समिर चौलागाईलाई चयन गरेको हो ।

यस्तै सदस्यहरू सम्झना मोक्तान, टिका वलि, देवी कुमारी थापा, प्रकाश बिक, अशोक निरौला र कमल बानिया, सर्वसम्मत चयन भएका थिए । विभिन्न प्यानलमा नेतृत्वमा दावी गरिएता पनि केद्रीय पदाधीकारीहरूको रोहवरमा सर्वसम्मति समिति चयन गर्न सफल भएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो । थप पदाधिकारीहरू कार्य समिति बैठकबाट मनोनित गरिने जनाईएको छ ।

सो समारोह एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दिपक कार्कीको सभापतित्व, प्रमुख अतिथि एनआरएनए जापान युवा उपाध्यक्ष नवीन निउरे, विशेष अतिथिमा महासचिव जनक बिक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, महिला संयोजक संगीता अधिकारी, सल्लाहकारहरू शिवप्रसाद पौडेल, तेज अर्याल, आनन्द कोइराला, सदस्यहरू रामकृष्ण श्रेष्ठ, कृष्ण खनाल, निगता संयोजक दिपक सुनार, तोचिगी संयोजक मन्दीप क्षेत्री र सेन्दाई निवर्तमान संयोजक सन्तोष चौहानले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रमको संचालन एनआरएनए सचिवद्वय बिकास बस्नेत र टिकाराम खरेलले गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More