एनआरएनए जोडियो आविस्कारमा, राष्ट्रिय आविस्कार केन्द्रसंग सहकार्य

19 March, 2021 11:45 | एन आर एन न्युज | comments | 88350 Views

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपालको विज्ञान, प्रविधि र आस्किारका क्षेत्रमा सहकार्य गर्ने भएको छ । मुलुकको भौतिक पूर्वाधार विकासदेखि अन्य क्षेत्रमा लगानी गरिरहेको एनआरएनएले अब राष्ट्रिय आविस्कार केन्द्रसंग सहकार्य गर्ने भएको छ ।

यसै विषयमा एनआरएनएले आस्किार केन्द्रका अध्यक्षा डा. महावीर पुनसंगमार्च २० तारिक शनिबार नेपाली समय ६ बजे भलाकुसारी गर्नेछन । सो छलफलमा केन्द्रबाट अहिलेसम्म गरिएका आविस्कार र उक्त त्यसबाट राष्ट्र निर्माणमा गरेको सहयोगका बारेमा छलफल हुने छ ।

  

“मेक इन नेपाल” नाम दिइएको यो कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक एवं पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्तको विषेश सहभागिता हुनेछ ।

एनआरएनए अध्यक्ष कुमार पन्त भन्नुहुन्छ यो कार्यक्रम शुरुवात मात्र हो पछिसम्म हाम्रो सहकार्य हुनेछ । एनआरएनए उपाध्यक्ष सोनाम लामा नेपालको भविष्य यहि अविस्कार केन्द्रमा भएको बताउनु हुन्छ ।

कार्यक्रम संयोजक एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारसमणि पोखरेल संसारभरिका एनआरएनहरु जोडिने यो कार्यक्रमले आविस्कार केन्द्रलाई एउटा उर्जा दिने बताउनुहुन्छ ।

विश्वभर कोरोना संक्रमणको महामारी फैलिइरहेका बेला केन्द्रले यसको संक्रमितको उपचारदेखि स्वास्थ्य सुरक्षाका उपकरणहरु बनाएर निःशुल्क वितरण गरेको थियो । अहिले पनि केन्द्रमा विविध आस्किारका कामहरु भैरहेका छन् । सो दिन सहभागीहरुलाई राष्ट्रिय अविस्कार केन्द्रको भर्चुअल टुर गराइने छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More