ए डिभिजन लिगमा आज मनाङ र आर्मी तथा पुलिस र थ्री स्टार भिड्दै
विक्रम संवत् २०५४ यता तीन क्लबले शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेका छन् । ५४ सालमा थ्री स्टारले उपाधि जितेयता मनाङ मर्स्याङ्दी र नेपाल पुलिसले लिग जितेका छन्।
यो २२ वर्षको बीचमा मनाङले सर्वाधिक ५ पटक, थ्री स्टारले ४ पटक र पुलिसले ३ पटक लिग जितेको हो । यी तीन क्लब बाहेक पछिल्लो पटक एनआरटीले २०५२ मा लिग जितेको थियो ।

र उपाधिको नजिक कुनै टिम पुगेको थियो भने त्यो त्रिभुवन आर्मी क्लब नै थियो । यिनै चार क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा आज एकै दिन खेल्दैछन् ।
उपाधिको दाबेदार मानिएको मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच आज पहिलो खेल हुनेछ । यस्तै अर्को उपाधि दाबेदार मानिएको थ्री स्टार र पुलिसबीच दोस्रो खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । आजै एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल यू १५ र भुटान यू १५ गर्ल्स टिमबीच मैत्रीपूर्ण खेल हुँदैछ । त्यसैले एन्फा क्म्पेलक्समा हुने तय भएको मनाङ र आर्मीबीचको खेल रंगशालामा सारिएको हो ।
साविक विजेता मनाङ र गत वर्ष चौथो भएको आर्मीबीच दिउँसो १२ बजे खेल हुनेछ ।
गत सिजन एक खेलअघि नै उपाधि पक्का गरेको मनाङलाई यस सिजन उपाधि रक्षा गर्नु मुख्य चुनौती छ । पहिलो रोजाइका ७ खेलाडीले क्बल छाडेपछि मनाङलाई पुरानै लय भेट्न कठिन हुने ठानिएको छ । मनाङले पहिलो खेलमा विमल रानाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफलाई २-० ले पराजित गरेको थियो । आज अर्को विभागीय टोली अनि उपाधि दाबेदार आर्मीसँग खेल्दैछ । आर्मीले पहिलो खेलमा फ्रेण्ड्सलाई २-१ ले पराजित गरेको थियो । दुवै टोली लगातार जित हात पार्ने लक्ष्यमा हुनेछ ।
यस्तै घरेलु फुटबलमा ‘राइभर्ली’ को रुपमा परिचित नेपाल पुलिस र थ्री स्टार क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । गत वर्ष थ्री स्टार तेस्रो भएको थियो । मनाङ जस्तै पहिलो रोजाइका आधाभन्दा बढी खेलाडीले यस सिजन क्लब छाडेपछि थ्री स्टार पनि केही कमजोर बनेको छ ।
पहिलो खेलमा जावालखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थ्री स्टार पहिलो गोल र जितको खोजीमा छ । थ्री स्टार जस्तै नेपाल पुलिसले पनि पहिलो खेल गोलरहित बराबरी खेलेको थियो हिमालयन शेर्पा क्लबसँग । त्यस्तै पुलिस पनि पहिलो गोल अनि पहिलो जितको खोजीमा छ ।
कुनै समयमा घरेलु फुटबलमा बाघको छवी बनाएको पुलिस फेरि त्यस्तै बन्न सकेको छैन । अहिले पुलिस उपाधिको दाबेदारभन्दा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


