कमजोर महसुस भइरहेको छ ? खानुस यस्ता खानेकुराहरु

7 March, 2019 17:20 | जल/वातावरण/स्वास्थ्य , वातावरण /स्वास्थ्य | comments | 193800 Views


मान्छेको दैनिक जिवनमा आउने उतार चडाबका कारण कहिले काँही कमजोर महसुस हुन्छ । यस्तो अवस्थामा हामीले विशेष गरेर हाम्रो खानपिनमा ध्यान दिनुपर्छ । यस्तो बेलामा अलि इनर्जी आउने खानेकुराहरूमा बल गर्नुपर्छ ।

के–के कुराले हाम्रो शरीरमा उर्जा भर्छ त ? आज हामी तपाईंलाई त्यस्ता खानेकुराको बारेमा जानकारी दिँदैछौं । जसले तपाई कमजोर हुनुभएका बेला तपाईंको शरीरलाई उर्जा प्रदान गर्दछ ।

–बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।
–खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फूर्तिलो बन्छ ।
– एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।
–दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ ।
–अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।
–साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।
–अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More