कर्णालीका मुख्यमन्त्री शाही विश्वासको मत लिंदै- पक्षमा मत हाल्न अनुरोध

16 April, 2021 12:17 | कर्णाली प्रदेश , प्रदेश | comments | 99000 Views

कर्णााली प्रदेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (शुक्रबार) विश्व मत लिंदै हुनुहुन्छ । सरकारको नेतृत्व गरेको नेकपाा माओवादी केन्द्रले शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न आव्हान गर्नुभएको हो ।

  

एक सार्वजनिक अपिल जारी गर्दै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई नेकपा (माओवादी केन्द्र) प्रदेशसभादलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गर्नुभएको हो ।

माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उहाँले यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य एकताबद्ध रहेको तथ्य स्पष्ट भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्रदेशसभामा व्यक्त सार्वजनिक प्रतिवद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा (एमाले) ले हाम्रो दल नेतृत्वको प्रदेश सरकारबाट समर्थ फिर्ता लिएको छ, यस कदमले राजनीतिक अस्थिरता निम्तिनुका साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने सुनिश्चित छ ।”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More