कर्णालीमा जोगियो शाहीको सत्ता

16 April, 2021 22:04 | कर्णाली प्रदेश , प्रदेश | comments | 85650 Views

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल हुनु भएको छ । उहाँले प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा शुक्रबार विश्वासको मत लिनुभएको हो । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो ।

हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम सदस्यमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् ।

  

माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उहाँको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिनुभयो ।

कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More