कांग्रेस र जनता समाजवादीबाट प्रदेशसभाको विशेष अधिवेशन माग
गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन लिखित माग गरेका छन् । दुवै दलका गरी १७ प्रदेशसभा सदस्यले हस्ताक्षर गरी आज गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।
कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली र जनता समाजवादीका प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई बैठक माग गरिएको पत्र हस्तान्तरण गर्नुभएको थियो ।
संविधानले नागरिकलाई स्वास्थ्यसम्बन्धी मौलिक हक प्रदान गरेको भए पनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको, महङ्गी अस्वभाविक बढेको, बजेट कार्यान्वयन निराशाजनक रहेको र जनसरोकारका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न सरकार असफल भएको पत्रमा उल्लेख छ ।

कांग्रेस दलका नेता नेपालीले कोरोनाबाट जनजीवन प्रभावित भएको अवस्थामा जनस्वास्थ्य र जीवनसँग सम्बन्धित संवेदनशील विषयमा प्रदेशसभा मौन रहन नहुने र यस बारेमा संसद्मा छलफल आवश्यक भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार विशेष अधिवेशन माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शुरुदेखि नै हामी विश्वव्यापी महामारी कोरोनाका विषयमा सरकारलाई सचेत गर्दै आएका थियौँ । महामारीको प्रभाव अहिले पनि रहेको र सबै क्षेत्रमा यसको असर परेको अवस्थामा जनताको समस्या सदनमा छलफलका लागि विशेष अधिवेशन माग गरेका हौँ ।”
जनता समाजवादीका प्रदेशसभा सदस्य आचार्यले कोरोना सङ्क्रणमण र मृत्यु दर समेत बढेको अवस्थामा सरकारले परीक्षण र अस्पतालमा जनशक्ति व्यवस्थापनमा सरकारले बेवास्ता गरेको बताउँदै जनसरोकारका विषयमा छलफलका लागि संसद् अधिवेशन माग गरिएको बताउनुभयो । प्रदेशसभाको अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति तोक्न सक्ने संविधानमा व्यवस्था गरिएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


