किन पर्छन् नेपाली जापानको जेलमा ? (भिडियो अन्तर्वार्ता)

19 June, 2016 19:17 | अन्तरवार्ता , जापान | comments | 905550 Views

नेपालबाट जापानमा अध्ययन तथा कामका लागि जाने युवाहरुको जमात बढ्दो क्रममा छ । तर त्यहाँको नियम तथा कानुनको बारेमा सामान्य जानकारी समेत नहुँदा कतिपय नेपाली काननी कारबाही भोग्दै जेल सजाय काटिरहेका छन् ।

जापानमा सन् २०१५ को तथ्यांक अनुसार १४३ जना नेपालीहरु हिरासतमा रहेका छन् । उनीहरु नेपालमा सामान्य लाग्ने अपराधका कारण जेल जीवन भोगिरहेका छन् । जापानमा ठूलो अपराधमा नेपाली संलग्न नभए पनि सामाजिक अपराधमा उनीहरु कारबाहीमा परेका छन् ।

जापानमा नेपालीहरुको संख्यामा बृद्धि भएसंगै विभिन्न अपराधमा नेपालीहरुको संलग्नता वढेको जापानी संचार माध्यामहरुले जनाएका छन । तथ्यांकअनुसार सन २००५ मा जापानमा नेपालीहरुको संख्या ५,३१४ जना रहेकोमा सन २०१५ को मसान्तमा आइपुग्दा उक्त संख्या ५४,७७५ जना पुगेको र १० बर्षको अवधीमा उक्त संख्या पनि करिब १० गुणाले बृद्धि भएको छ ।

  

त्यसै क्रममा जापानमा हाल नेपाली शरणार्थी बन्नेहरुको संख्या पनि पाँच हजार भन्दा बढी भएको तथ्यांक बाहिर आएको छ । जसरी जापानमा नेपाली जनसंख्या वृद्धि हुँदै गहिरहेको छ । जापान महानगरीय प्रहरी अनुसन्धान विभागको तथ्याकं अनुसार जापानमा नेपालीहरुले गर्ने अपराध पनि बढदो छ ।

यस्तोमा जापान आउन चाहने नेपालीहरुका लागि त्यहाँको नियम, कानुन, सामाजिक व्यवस्थाका बारेमा जानकारी दिनु अत्यावश्यक देखिएकाले जापानमा अन्तर्राष्ट्रिय क्षेत्रमा वकालत गर्दै आउनुभएका प्रशिद्ध कानुन व्यवसायी बलराम श्रेष्ठसंग नेपाल जापान डटकमका सम्पादक आनन्द कोइरालाले गरेको भिडियो कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

यो पनि हेर्नुहोस्-

जापान प्रहरी हिरासतमा सयौ नेपाली, कसरी बने अपराधी ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More