कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा तय भइसकेकाले कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताउनुभएको छ । बुधबार काठमाडौँमा भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य लिएर सोहीअनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले हाम्रो यात्रा गति अलि धीमा भए पनि कानून र प्रशासनिक संरचना निर्माणमा समय लागेकाले यसलाई अन्यथारुपमा लिननहुने पनि बताउनुभयो । समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गरेर प्रदेशमा समृद्घि ल्याउने पनि बताउनुभयो । यसका लागि आफूहरुले कानून निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो ।

उहाँले विश्वमा जहाँसुकै बसेका भए पनि भोजपुरवासीले आफूले सिकेको सीप प्रदेश १ निर्माण र देश निर्माणमा लगाउन पनि आह्वान गर्नुभयो । मुख्यमन्त्री राईले भोजपुरमा पनि विस्तारै मध्यपहाडी राजमार्ग कालोपत्र गर्ने र विमानस्थल–भोजपुर मार्ग कालोपत्र गर्ने काम भइरहेको बताउनुभयो ।
त्यस्तै भोजपुरमा रङ्गशाला, टेम्केमा भ्यूटावर निर्माण, अरुण, दूधकोशी आदि नदीमा भोजपुर जोड्ने ठूला पुलका योजना रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा नेता प्रदीप नेपाल, मुकुन्द न्यौपाने, पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, समाजका पूर्वअध्यक्ष दयाकृष्ण न्यौपाने, समाजका अध्यक्ष शेर्पालगायतले आउन लागेका तिहार, छठ, नेपाल संवत्को नयाँ वर्ष, उधौली र ल्होसार आदिको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कलाकार व्रत गन्धर्वले सारङ्गी धुनसहित गीत प्रस्तुत गर्नुभएको थियो भने कलाकार राजा राजेन्द्र पोखरेल, श्रीकृष्ण सिंखडाले हास्यव्यङ्ग्य, गायक कृष्ण समीप, गायिका लीला राई, गायक भीषण मुकारुङ र राजसागर आदिले गीत तथा विभिन्न कलाकारले आकर्षक देउसी–भैलो प्रस्तुत गरी समारोहलाई पूर्वेली लोकसंस्कृतिले उल्लासपूर्ण बनाएका थिए ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


