कोरोनाविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादीको माग

28 April, 2021 00:53 | राजनीति | comments | 26850 Views

नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एकीकृत रुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न आग्रह गर्दै सो पार्टीले निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग तथा समुदायलाई विशेष राहत दिन भनेको छ ।

  

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समितिको बैठकले अक्सिजन, आइसियु, भेन्टिलेटर र आइसोलेसन सेन्टर व्यवस्था गर्न स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न अनुरोध गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, माओवादी केन्द्रले अब सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरेको छ । यस्तै, दलित समुदायको १५ प्रतिशत र युवाको प्रतिनिधित्व २० प्रतिशत बराबर गर्ने भएको छ । हाल उक्त प्रस्ताव स्थायी कमिटीमा पेश गरिएको र त्यसलाई केन्द्रीय समितिमा लगेर पारित गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More