कोरोना महामारीमा जनता भोकभोकै सांसद र मन्त्रीलाई दशैं भत्ता !

18 October, 2020 12:27 | प्रदेश , बागमती प्रदेश | comments | 95700 Views

मुलुक कोरोना महामारीका कारण आर्थिक संकटमा परिरहेको र जनताको दैनिक कष्टकर भैरहेका बेला मुलुकका विधयकहरुले दशैं भत्ता बुझेको भन्दै यसको व्यापक आलोचना भैरहेको छ । यसबीचमा विवेकशील नेपाली दलले वागमती प्रदेशका मन्त्री र सांसदहरूलाई दशैंभत्ता नदिन माग गरेको छ ।

दलले एक विज्ञप्ति जारी गरी दशैं भत्ता वितरण भइसकेको भए फिर्ता गराउनुपर्ने माग गर्दै जनता कोरोनाको महामारीमा रहेका बेला सांसद र मन्त्रीले भने दशैं भत्ता लिनु अनुचित कार्य भएको बताएको छ ।

  

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै वागमती प्रदेश सरकारले प्रदेशसभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैं भत्ता कोभिड १९ को माहामारीको समयमा दिन अनुकूल नभएकोले उक्त रकम फिर्ता गर्न माग गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ुविवेकशील नेपाली दलका सांसदहरूले उक्त रकम नलिने व्यहोरा जानकारी गराउँदै अन्य सांसदहरूलाई पनि सोही व्यवस्था गर्न विनम्रतापूर्वक अपिल गर्दछौं ।ु

विवेकशीलले विगतमा नै कोरोना अवधिभरी सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्नुपर्ने माग कायमै राखेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विवेकशीलका प्रदेशसभा सदस्यहरूले खातामा आएको दशैं भत्ता फिर्ता गर्ने पनि उपाध्यक्ष राईले जानकारी दिनुभएको छ । वागमती प्रदेश सभामा विवेकशीलका तीन जना सदस्य रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More