कोरोना संक्रमण रोकथाममा प्रहरी- २४ घण्टामा सवा लाखभन्दा बढी मास्क वितरण

27 April, 2021 21:46 | जन सरोकार | comments | 45300 Views

नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण तीब्र गतिमा फैलिएपछि नेपाल प्रहरीले यसको रोकथामका लागि सक्रियता बढाएको छ । संक्रमण रोक्न सबै क्षेत्र, निकाय र सर्वसाधारणको समान सहभागिता र सहयोग आवश्यक पर्ने हुनाले प्रहरीले अभियान सुरु गरेको हो ।

सोमबारदेखि प्रहरीले देशयापी रुपमा सर्वसाधारणलाई कोरोना संक्रमणबारे जनचेतना दिनेदेखि मास्क वितरण लगायत स्वास्थ्य सुरक्षा मापदड पालना नगर्नेहरुलाई सचेत पार्ने र कारबाही गर्ने क्रम बढाएको छ ।

संक्रमण रोक्न प्रहरीले “तपाईको माक्स खोई” जस्तो अभियान चलाइरहेको छ । पछिल्लो २४ घण्टामा यो अभियानका क्रममा एक लाख २९ हजार ७ सय ४० जनालाई मास्क वितरण गरिएको छ ।

  

त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ गरी छाडिएको छ भने १४ हजार ९ सय ६५ जनालाई सम्झाई बुझाई छाडिएको छ । यसबीचमा मास्क नलगाउने १ हजार ४ सय ६५ जनालाई कारबाही गरिएको भने ३ हजार २ सय १ जनाबाट सहयोगका लागि सम्पर्क गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More