कोरोना संक्रमित मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

24 October, 2020 10:22 | प्रदेश , बागमती प्रदेश | comments | 83400 Views

कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी लल्याइएको छ ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

  

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

आफ्नो परिवारमा सीमित भएर चाड मनाउन आग्रह

मुख्यमन्त्री पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गर्नुभएको छ । विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले चाडपर्व मनाइरहँदा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न विश्व स्थास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेका स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न अनुरोध गर्नुभएको छ । उहाँले सरकारले कारोना महामारी नियन्त्रण तथा उपचारमा यथासम्भव प्रयत्न गरिरहेको जनाउँदै यस प्रयासमा नागरिकको साथको उत्तिकै महत्व रहेको औँल्याउनुभएको छ ।

होम आइसोलेशनमा रहनुभएका मुख्यमन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने बडादशैँ, तिहार, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै आपसी प्रेम, सद्भावना र भ्रातृत्वको विकासमा चाडबाडले महत्वपूर्ण योगदान पु¥याउँदैै जनाउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More