गल्ति उनका न मेरा समयको खेल थियो हजुर

11 April, 2021 15:29 | साहित्य | comments | 83250 Views


गल्ति तिम्रै धेरै थिए, होलान कुनै मेरा ।
बिग्रिएका सम्बन्ध लि नफालौं समय खेरा ।

मेरै जस्तो बुद्धि तिम्रो पनि भैदिएको भए,
मण्डपाँ बस्दा नसोचि लियौ कि सात फेरा ??

मुक्तक २

  

गल्ति उनका न मेरा समयको खेल थियो हजुर
माया भन्दा पनि त्यो आवेगको भेल थियो हजुर
यौवनमा माया नै रमाइलो, दुनियाँ भएनि यहॅा
माया मै भएको दुनियाँका जालझेल थियो हजुर

मुक्तक ३

मीठो खान राम्रो लाउन भनि आएको थें म त ,
नेपाल भन्दा बढी मनि मनि गर्दा रैछन यां त ।
मीठा मीठा कल्पनाको खात लगाएर आको ,
बाबुको विहे नै देख्नु प-यो शुरूशुरूमा त ।

गृष्मा पौड्याल
टोकियो जापान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More