गाउँमै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइपछि छायो खुसियाली
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको अनुमति दिएको थियो । दुर्गम क्षेत्रका विद्यार्थीले पनि गाउँमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाएका छन् ।
गाउँमै बसेर कक्षा ९ देखि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न पाउँदा सानैदेखिको रुचि र इच्छा पूरा भएको विद्यार्थी आयुष आचार्यले बताउनुभयो । “इलेक्ट्रिकल पढ्ने मेरो सानैदेखिको रुचि थियो”, उहाँले भन्नुभयो, “गाउँकै स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ ।” प्राविधिक विषय पढ्न घर छाडेर जानुपर्ने बाध्यता हटेकामा कक्षा ९ की छात्रा आयुषा हर्मेलले खुशी व्यक्त गर्नुभयो । यसअघि इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय पढ्न म्याग्दीको नारच्याङस्थित प्रभा मावि, पोखरा, बुटवल, काठमाडौँ र चितवन जानुपर्ने थियो ।

इलेक्ट्रिकल इञ्जिनीयरिङ जलविद्युत् र विद्युत् आयोजनासँग सम्बन्धित छ । यो विषय व्यवहारिक र रोजगारमूलक हो । कक्षा १२ सम्म यो विषय पढ्ने विद्यार्थीले विज्ञान र अन्य विधाको इञ्जिनीयरिङ पढ्न पाउँछन् । नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान विषय साधारण कक्षा सरहकै हुन्छ । साधारणका अलावा इलेक्ट्रिकल इञ्जिनीयरिङ, बेसिक इलेक्ट्रोनिक, इलेक्ट्रिकल एप्लिकेशन एण्ड मेन्टिनेन्स, इञ्जिनीयरिङ ड्रोइङ, कम्प्युटर एप्लिकेशन र वर्कसप टेक्नोलोजी विषयको पनि पठनपाठन हुने गरेको छ । ४८ जनाको कोटा भएको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषय अध्ययनका लागि कक्षा ९ मा २२ जना भर्ना भएका प्रअ ओमकार पौडेलले बताउनुभयो ।
“कोरोना महामारीको जोखिमका कारण यस वर्ष पालिका बाहिरका विद्यार्थी आउन सकेनन्”, उहाँले भन्नुभयो, “अर्को वर्ष छिमेकी पालिका र जिल्लाका विद्यार्थीलाई पनि भर्ना गराउन पहल गरेका छौँ ।” कक्षा ११ उत्तीर्ण गरेपछि डिप्लोमा इन इञ्जिनीयरिङसरह र १० उत्तीर्ण गर्नेले टेक्निसियनसरहको योग्यता पाउँछन् । शिक्षा मन्त्रालयले यस वर्ष एक प्रशिक्षक र एक सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराएको छ । प्रतिकक्षा दुईका दरले प्रशिक्षक र सहायक प्रशिक्षकको दरबन्दी उपलब्ध गराउने नीति छ ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले ताकम माविलाई प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेर छात्रावास, प्रयोगशाला र कक्षाकोठा भवनलगायत पूर्वाधार निर्माण शुरु गरेको उहाँले बताउनुभयो । प्राविधिक कक्षाको अनुमतिसँगै विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार तयार पारेको छ । विसं २०११ मा स्थापना भएको ताकम माविले आधारभूत तहको १–५ कक्षा सञ्चालनका लागि स्थायी स्वीकृति पाएको छ । स्थानीय स्रोत जुटाएर कक्षा १० सम्म पठनपाठन गराएको हो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


