गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता, भावी मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताव

15 April, 2021 16:50 | गण्डकी प्रदेश , प्रदेश | comments | 80400 Views

प्रदेशसभा अधिवेशन अन्त्यको घोषणा गरिए पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशको भावी मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुभएको हो ।

  

कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । यो प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गरेका छैनन्। तर अविश्वास प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More