गेम अफ थ्रोन्स :  सिजन १ देखि ७ को यात्रा

28 August, 2017 18:51 | हलिउड | comments | 141300 Views

प्रख्यात ट्लिभिजन श्रृङ्खला गेम अफ थ्रोन्सको सातौँ संस्करण आइतबार समाप्त भएको छ । २०११ अप्रिल १७ मा पहिलो संस्करण सार्वजनिक भएपछि निकै चर्चामा रहेको यो श्रृङ्खलाले आफ्नो सातौँ संस्करणसम्मको यात्रा तय गर्दा विश्वभरमै आफ्नो छुट्ट छाप छोडेको छ । यस श्रृङखलाले अहिलेसम्मको यात्रामा एउटा गोल्डन ग्लोब अवार्ड का साथै २४६ अन्य पुरस्कारहरु प्राप्त गर्नुका साथै ४१४ पटक नोमिनेसनमा पर्न सफल भइसकेको छ ।

डेभिड बेनियोफ र डिबि वैइसले निर्माण गरेको यस श्रृङ्खलामा पिटर डिङ्क्लेज , लिना हेडि , एमिलिया क्लार्क र किट हेरिङ्टन लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

  

राजनितिक कथामा आधारित यस श्रृङ्खलामा वेस्टेरोसको पौराणिक ठाउँको सात परिवारको राज्यसत्ताका लागि भएको संघर्ष प्रमुखरुपले देखाइएको छ । पारिवारिक तनावले उत्पन्न युद्घ र पौराणिक जादुइ शक्तिहरुको  दृश्यले पनि यो झनै चर्चामा आएको हो ।

सातौँ संस्करणको समाप्तिसंगै आठौँ संस्कारणमा श्रृङखलानै अन्त्य हुने घोषणाले आठौँ संस्करणमा के होला भन्ने कौतुहलताले निकै प्रतिक्षित हुने कुरामा दुइमत भने हुनेछैन ।

क्याटरिनाको गेम अफ थ्रोन्समा काम गर्ने इच्छा

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More