गैंडाले हान्दा एक गम्भीर घाइते

11 June, 2017 14:12 | समाज | comments | 179100 Views

पश्चिम चितवनको  दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आइतबार बिहान गैंडाले हान्दा एक पुरुष गम्भीर घाइते भएका छन्।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

  

गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागेको छ । उनको अहिले कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको वासस्थान बढ्दो छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडाको आक्रमणबाट बर्सेनि मानिस घाइते हुने र कतिपयको ज्यानसमेत जाने गरेको छ ।

सन् २०१७ भित्र दुई जोडी गैँडा चीन पठाइने

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More