‘गोल्डेन ग्लोब अवार्ड’मा यौन र स्क्यान्डलका चर्चा

11 January, 2018 19:14 | कला/मनोरन्जन , हलिउड | comments | 201150 Views


हलिउडमा लगातार यौन स्क्यान्डल उजागर भएपछि अमेरिकाको क्यालिफोर्नियास्थित ब्रेवरी हिल्समा सम्पन्न ७५औं गोल्डेन ग्लोब अवार्डस्मा यौन शोषण स्क्यान्डलले स्थान पाएको छ।

हलिउडमा लगातार यौन स्क्यान्डल उजागर भएपछिको पहिलो र ठूलो अवार्ड समारोहमा यौन शोषणविरुद्ध संसारभर चलिरहेको अभियानमा एकता बद्ध हुन अधिकांश हलिउड स्टारहरू कालो कपडामा देखिए।रेड कार्पेटमा कालो कपडा पहिरिएका हस्तीहरू निकै आकर्षक देखिएका उनीहरूले यौन शोषणविरुद्ध शक्तिशाली सन्देश दिएका थिए।

यसपटक गोल्डेन ग्लोब लाइफटाइम अचिभमेन्ट अवार्डबाट अमेरिकन मिडिया प्रोपाइटर ओपरा विनफ्रेलाई सम्मानित गरियो। गोल्डेन ग्लोब लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउने उनी पहिलो अश्वेत महिला हुन्।अवार्ड पछि ओपरा विनफ्रेन्डले भने-‘नयाँ दिनको सुरुवात हुँदै छ । जहाँ कसैले अर्को पटक मलाई अन्याय भयो भन्ने स्थिती आउने छैन ।’

  

समारोहको शुरुआत गर्दै कमेडियन होस्ट सेथ मेयर्सले भने’ २०१८ मा यौन उत्पीडनका लागि कुनै ठाउँ छैन।’ समारोहमा अभिनेती किडम्यानलाई घरेलु हिंसा पीडितको भूमिका निर्वाह गरेकोमा अवार्ड दिइएको थियो।कार्यक्रममा मोसन पिक्चर ड्रामातर्फ थ्री बिलबर्डस आउटसाइड एविङ सर्वोत्कृष्ट फिल्म सावित भएको छ भने यसै फिल्मबाट फ्रान्सेस म्याकडोरमन्डले अभिनेती, सैम र कवेलले सहअभिनेता तथा मार्टिन म्याक्डानगले पटकथाको अवार्ड उचालेका थिए।

डार्केस्ट आवरबाट गेरी ओल्डम्यान सर्वोत्कृष्ट अभिनेता सावित भए भने फिल्म द सेप अफ वाटरबाट गुलिर्मो डेल टोरोले निर्देशकको, आई टोन्याबाट एलिसन जेनीले सहअभिनेतृको अवार्ड चुमेकी छिन्। त्यसै गरी एनिमेटेड फिल्मको अवार्ड फिल्म कोकोले पाएको छ भने द ग्रेटेस्ट शो म्यानको दिस इज मि बोलको गीतले ओरिजिनल संगको अवार्ड पाएको छ। म्युजिकल कमेडी टिभी सिरिजतर्फको अवार्ड लेडी बर्डले पाएकोमा यसैबाट साओइर्स रोननले अभिनेतृको अवार्ड पाएकी छिन्।

मास्टर अफ ननबाट अजिज अन्सारी र द डिजास्टर आर्टिस्टबाट जेम्स फ्रेकोले अभिनेताको अवार्ड पाएका छन्। कमेडी टिभी सिरिजतर्फ द मार्वलस मिसेस माइलेस विजेता भयो भने यसै सिरिजबाट रेचल ब्रासनाहनले अभिनेतीको अवार्ड उचालिन्।
उत्कृष्ट टेलिभिजन सिरिजतर्फ द ह्यान्ड मेड टेलले अवार्ड पाएको समारोहमा यसै ड्रामाबाट एलिजाबेथ मासले अभिनेतृको अवार्ड पाएकी छिन्। स्टर्लिङ के ब्राउनले भने दिस इज असबाट अभिनेताको अवार्ड पाएका छन्।

लिमिटेड टेलिभिजन सिरिज तथा टेलिभिजन फिल्मतर्फ बिग लिटल लाइज सर्वोत्कृष्ट फिल्म बन्यो भने यसै फिल्मबाट अभिनेतृको अवार्ड निकोल किडम्यान र सहअभिनेतृको अवार्ड लारा डर्नले पाएकी छिन्।

लारा डर्नले पनि जोडदार आवाजमा भनिन्‘’हामी हाम्रा बच्चाहरुलाई यो सिकाऔं कि सत्यताको सामुन्ने कहिल्य पनि नझुक । उत्तरी ध्रुव जस्तै अडिग रहुँ । अभिनेताको अवार्ड भने फिल्म ‘फार्गो’ बाट इवान म्याक ग्रेगरले पाएका छन्। त्यस्तै विदेशी भाषाको फिल्मको अवार्ड फेद अकिनले निर्देशन गरेको जर्मन फिल्म ‘इन द फेड’ले पाएको छ ।

समारोहमा हलिउडको ताजा माहोललाई फोकस गरिएको थियो । ‘मी टु’ र ‘टाइम्स अप’ अभियानको धेरैले समर्थन गरेका थिए । जो केवल मनोरञ्जन जगतमा मात्र केन्द्रित थिएन, पुरै दुनियाँका महिलाका लागि केन्द्रित थियो ।

अस्कर विजेता पल ह्यागिसमाथी यौन दुव्र्यवहार र वलात्कारको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More