गोविन्दा भन्छन्- नेपाली दर्शकको मायाँ धेरै छ
बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताउनुभएको छ । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आउनुभएका भारतीय अभिनेता गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।”
सोमबार पत्नी सुनितासँगै नेपाल आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गर्नुभयो । सुनिता भने नेपाली हुनुहुन्छ । उहाँले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

गत वर्ष पनि उहाँ एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको थियो । उहाँसँगै भारतमा रहनुभएकी नेपाली अभिनेत्री निरुता सिंहसमेत आउनुभएको छ ।
चलचित्र निर्माता सङ्घको आयोजनामा बुधबारदेखि पर्साको वीरगञ्जमा हुने उक्त कार्यक्रममा पुराना र नयाँ कलाकारले विभिन्न चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्नेछन् । महोत्सवमा झण्डै २५ हजारको सहभागिता हुने अनुमान गरिएको महोत्सवको आर्थिक समितिका संयोजक शुशान्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले हिमाल, पहाड र तराईलाई जोड्नका लागि नेपाली चलचित्र निर्माणको ५३ वर्ष पुगेको उपलक्ष्यमा वीरगञ्जमा महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । विसं २०२२ मा पहिलो नेपाली चलचित्र ‘आमा’ निर्माण भएको थियो ।
महोत्सव संयोजक तथा चलचित्र निर्माता सङ्घका उपाध्यक्ष विमल पौडेलले महोत्सवमा भारतीय चलचित्र अभिनेता गोविन्दासँगै नेपाली कलाकारको प्रस्तुति रहने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रमसँगै छनोट भएको चलचित्र प्रदर्शन तथा समीक्षा गरिनेछ ।
यस्तै भारतका वरिष्ठ क्यामराम्यान मुरलीधरणले प्रशिक्षण दिने कार्यक्रमसमेत रहेको उहाँले जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


