घरमै बसेर सेयर किन्न सकिने

13 April, 2018 20:52 | बैँक र वित्त | comments | 210600 Views

बैसाखदेखि लगानीकर्ताले घरमा नै बसेर इन्टरनेटबाट सेयर खरिद-बिक्री गर्न पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई २०७५ को सुरुवातदेखि नै इन्टरनेटबाट सेयर खरिद-बिक्री गर्न सक्ने व्यवस्थ गर्न निर्देशन दिएको जनाएको छ । हाल प्रयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेटमार्फत धितोपत्र कारोबार गर्न खरिद-बिक्री आदेश दिने व्यवस्था गर्न निर्देशन दिएको हो ।

  

यसबाट लगानीकर्तालाई धितोपत्र खरिद-बिक्री गर्न ब्रोकर कार्यालयमा धाउनुपर्ने झन्झटबाट मुक्त हुने अपेक्षा बोर्डको रहेको छ । यस व्यवस्थाले कारोबारमा पारदर्शी र छिटोछरितो हुने बोर्डले जनाएको छ । यसले नेप्सेले लागू गर्न लागेको आनलाइन कारोबार प्रणालीको लागि आधार तयार भएको बोर्डले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More