चार्टर एकाउन्टनेन्ट पढ्न मुम्बई गएका विराटनगरका अमित बलिउडमा जम्दै
इच्छा र लक्ष्य एउटा बोकेर भारतको मुम्बई गएका विराटनगर महानगरपालिका–१० अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल हुनुभएको छ ।
दश वर्षअघि भारतको नयाँदिल्ली चार्टर्ड एकाउन्टेन्ट पढ्न गएका मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमितले पढाइभन्दा कलाकारितामा रुचि बढाउन थाल्नुभएको थियो । लगातारको मेहनतबाट उहाँ भारतको चलचित्रमा देखिन थाल्नुभएको छ ।

कलाकार अमितले विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा आफूले इन्टरनेटमा प्रसारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाको ‘रामाचारी टु पेन जिरो’ (रामायण कथामा आधारित), हिन्दी चलचित्र मितेज, अर्को नाम घोषणा नभएको हिन्दी चलचित्र, हिन्दी भाषाको वेभ सिरिजलगायतमा अभिनय गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कला र कलाकारिताको क्षेत्रमा मुम्बईजस्तो ठाउँमा सङ्घर्ष गर्नु सामान्य होइन, एकसेएक कलाकार छन् आफूलाई टिकाइराख्न अझ बढी मेहनत र परिश्रम गर्नुपर्छ ।”
यसैगरी अमितले अभिनय गरेको ‘तेरा लव मेरा इश्क’ गीतको भिडियो भारतको प्रसिद्ध सङ्गीत कम्पनी टि सिरिजले चाँडै सार्वजनिक गर्न लागेको छ । रौनियारले सन् २०१३ मा मिस्टर एण्ड मिस दिल्लीमा बेस्ट फिजिक्स, सन् २०१७ मा मिस्टर उत्तराखण्डमा दोस्रो उपाधि हासिल गर्नुभएको थियो ।
भक्तपुरमा गएको फागुन १४ गते सम्पन्न इन्टरनेशनल फेसन शो बेस्ट मेल मोडलको उपाधिसमेत ग्रहण गर्नुभएका अमितलाई विराटनगर आउँदा उहाँका शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । उहाँले भारतमा अभिनयको क्षेत्रमा काम गर्दा भारतीय अभिनेताहरुबाट राम्रो सहयोग पाएको प्रतिक्रिया दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


