चार दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द

17 May, 2014 20:51 | अर्थ , पूर्वाञ्चल | comments | 436800 Views

cementगाईघाट (उदयपुर), देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रूपमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग चार दिनदेखि बन्द भएको छ ।

उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनमा गडबडी भएपछि केही दिनका लागि मेसिन मर्मत गर्न उद्योग बन्द गर्नुपरेको उदयपुर सिमेन्ट उद्योगका सहायक महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयो । उद्योगको मेसिन मर्मत गर्न अझै हप्ता दिन लाग्न सक्ने उहाँको भनाइ छ ।

उद्योगको प्रदूषण नियन्त्रण गर्ने मेसिनले काम नगर्दा उद्योगभित्र र उद्योग आसपासको क्षेत्रसम्म व्यापक सिमेन्टको प्रदूषण फैलिन थालेपछि प्रदूषण नियन्त्रण गर्न बाध्य भएर उद्योग बन्द गर्नुपरेको उद्योगका कर्मचारीहरू बताउँछन् ।

  

उद्योग बन्द भएको मौका छोपेर सिमेन्ट बिक्रेता डिलरहरूले गैँडाछाप सिमेन्टको अभाव भएको भन्दै स्थानीयस्तरमा साढे छ सय प्रतिबोरासम्म मूल्य पर्ने गैँडाछाप सिमेन्टको मूल्य बढाएर प्रतिबोरा नौ सयसम्ममा बिक्री गर्न गर्ने गरेको स्थानीय उपभोक्ता महेश दाहालले बताउनुभयो ।

उद्योगका सहायक महाप्रबन्धक साहले भने उद्योग बन्द भए पनि स्थानीय क्षेत्रमा सिमेन्ट अभाव हुन नदिन उद्योगको स्टक सिमेन्ट स्थानीय डिलरलाई वितरण गर्ने गरेको दाबी गर्नुभयो ।

प्रतिदिन ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उदयपुर सिमेन्ट उद्योगले अहिले ५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका कर्मचारीले बताएका छन् ।

चार दिनदेखि उद्योग बन्द गर्नु परेपछि अहिलेसम्म उद्योगलाई पचासौँ लाख घाटा भएको उद्योगका कर्मचारी बताउँछन् । रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More