एमाले एमाले

  • एमाले
  • एमाले
  • एमाले
  • एमाले
  • एमाले

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

15 December, 2017 18:59 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 405750 Views

एमाले

प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको चितवन जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ ।

आज(शुक्रबार) सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।

  

यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फ ४२ हजार ८५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६२२ मत प्राप्त गरेको छ ।

त्यस्तै विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७०७ र प्रदेशसभातर्फ नौ हजार ४५८ मत प्राप्त गरेको छ । चितवनमा पाचौं दलको रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधिसभातर्फ छ हजार ७५० र प्रदेशसभातर्फ सात हजार २४४ मत प्राप्त गरेको छ । चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ ।

क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकोमा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकोमा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६५५ मत बदर भएको छ ।

भक्तपुरमा समानुपातिकतर्फ एमाले पहिलो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
एमाले

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More