चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो ।
‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’ उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले शोषित पीडित जनताको हितका लागि देश सङ्घीयतामा गएको बताउँदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताउनुभयो ।
मुख्यमन्त्री राईले भन्नुभयो,‘‘देशमा सङ्घीयता कार्यान्वयन भएसँगै जनताले खुशीको अनुभव गर्न पाएका छन्, तर यो सङ्घीयताका कुनै दल वा समूहको महत्वकांक्षा पूरा गर्नको लागि ल्याइएको हैन, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’’
उहाँले स्थानीय तहमा आएको बजेटको सही ढङ्गले खर्च गराउन सबैले खबरदारी गर्नुपर्ने बताउनुभयो । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथि हुन नदिन जनताले कडा निग्रानी गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा : मुख्यमन्त्री राई
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


