जब एनआरएनए पोर्चुगलका कोषाध्यक्षले नक्कली हवाई टिकट बेचे

6 April, 2021 11:47 | एन आर एन न्युज | comments | 104550 Views

विदेशमा रहेका नेपालीहरुको हित, सुरक्षा र सम्मानका लागि गठन भएको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पदाधिकारी नै नक्कली काम गरेर नेपाली ठग्छन् भने विश्वव्यापी सञ्जाल भएको यो संस्थाको गरिमा कहाँ पुग्ला ? यस्तै काम गरेका छन् एनआरएनए पोर्चुगलका कोषाधयक्षले ।

राससका अनुसार एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै पदबाट निलम्बन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए ।

कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको हो ।

  

फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल बस्दै आउनुभएका पीडित विजय धिमालले बताउनुभयो ।

फिर्ता भएका सेवाग्राहीहरु गुनासोसहित ट्राभलको ढोका पुगेका र नेपाली समुदायका प्रतिनिधि र पत्रकारहरु पीडितको आवाज सुन्न जम्मा भएका थिए ।

सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताउनुभएको छ ।

पोर्चुगलमा अवस्थित नेपाली सङ्घ सङ्गठनहरुले पीडितलाई न्याय दिलाउन माग गर्दै समाजको नेतृत्व गर्ने व्यक्तिबाट यस्ता क्रियाकलाप हुनु घोर आपत्ति भएको बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More