जरोकिलो प्रतिष्ठानले सार्वजनिक गयो ‘वेदको सामान्य ज्ञान’
जरोकिलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्य ज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरोकिलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेख्नुभएको कृति नेपालीमा अनुवाद गर्नुभएका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गर्नुभएको हो ।
पुस्तक लोकर्पण गर्दै वेद अनुवादक लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेशविन्दु भएको बताउनुभयो । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिए पनि यसमा भएको वैज्ञानिक पक्षका बारेमा चर्चा हुनुपर्नेमा जोड दिंनुभयो । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशन हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रा डा आनन्दप्रसाद घिमिरेले लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदका बारेमा जानकारी राख्न सघाउने बताउनुभयो । डा गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदका बारेमा सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारेमा सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताउनुभयो । पुस्तकमा नेपाली, हिन्दी तथा अङ्ग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको छ। आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारीको प्रतिबद्धता थियो ।
वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकामा जोड दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


