जहाँपायो त्यही ‘चिकेन बिरयानी’ नखानु : ‘कौवा बिरयानी’ पर्ला !

4 February, 2020 14:53 | बिचित्र | comments | 280800 Views

भारतीय खाद्य परिकार बिरयानीको लोकप्रियता विश्वव्यापी छ । चिकेन, मटन, भेज बिरयानी बनाउन सजिलो, स्वादिष्ट र मूल्यमा पनि कम हुँदा धेरैको रुचिमा पर्दछ- तर अहिले यही बिरयानी चिकेनको नाममा कौवाको मासु हाल्ने गरेको पाइएको छ ।

कुनै कुनै हिन्दी चलचित्रमा हाँस्य प्रदान गर्न चिकेन बिरयानीको साटो कौवा बिरयानी बेचेको देखाउने गरिए पनि हालै मात्र तमिलनाडुको सडक छेऊमा राखिने ठेलागाडीमा यस्तै ‘कौवा बिरयानी’ बेचेको पाइएको छ ।

  

समाचार अनुसार तमिलनाडुको चर्चित रामेश्वरम् मन्दिर नजिकै ‘कौवा बिरयानी’ बेच्ने एक ब्यापारीलाई सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । खाद्य विभागले छापामारी गर्दा ठेलागाडीमा ‘चिकेन बिरयानी’ भनेर बिक्री गरिएको मासु ‘कौवा’को पाइएको छ ।

प्रहरीले उक्त कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेका छन् । दुबैजनाबाट करिब १५० वटा मरेको ‘कौवा’ बरामद गरिएको छ । रामेश्वरम् मन्दिरमा दर्शनका लागि आएका श्रद्धालुको शंकाको भरमा विभागले छापा मारेको थियो । प्रत्येक दिन रामेश्वरम् मन्दिरमा कौवालाई आहार खुवाउने गरेका उनले केही दिन यता मरेको कौवा फेला परेपछि उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएकाथिए ।

प्रहरीले घटनाको अनुसन्धान गर्दा केही व्यक्तिले विषादी मिसिएको चामललाई कौवाको आहारको रुपमा प्रयोग गरेको पाइयो । प्रहरीले कौवाको मासु बेच्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले मरेको कौवा ठेला राख्ने ब्यापारीलाई बेच्दै आएको खुलाए ।

त्यसो त भारतमा बिरयानीमा अखाद्य मासु मिलाएको घटना यो नै पहिलो भने हैन । सन् २०१८ मा चेन्नईमा यस्तै स्थिति पैदा भएका थियो । खाद्य सुरक्षा विभागले जोधपुरबाट रेलमा आइरहेको एक हजार किलोभन्दा बढी मासुको खोजी गर्दा त्यहाँ लामा लामा पुच्छर भेटिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More