जाडो बढेसँगै बढ्दो समस्या हृदयघातको मुटु बचाउने १० सूत्र पालना गरे समस्या छैन
मुटु मानव शरिरको सबैभन्दा जटिल प्रकृतिको अङ्ग हो । हाम्रो छातिभित्र धड्किरहने यो सानो अङ्गले हाम्रो पैतलादेखि शिरसम्म प्रभाव पार्दछ । पछिल्लो समय हाम्रो जीवनशैलीको कारण र यसको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै आएको छ ।
शहरीकरणका कारण बढ्दो अस्वस्थ वातावरणकाले सृजना गरेको हाम्रो अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुबैमा हृदघातको समस्या बढ्दो छ । पहिले यो समस्या ४० वर्ष भन्दा माथीका मानिसहरुमा देखिन्थ्यो भने अहिले ४० वर्षभन्दा तलका युवावर्गमा पनि देखिन थालेको छ ।
पछिल्लो समय युवायुवतीमा धूम्रपान, मद्यपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायत अस्वस्थ जीवनशैली बढ्दै गएका कारण हृदयाघातको जोखिम बढ्दै गएको देखिन्छ।मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्टेरोल जम्दै जाँदा नली खुम्चिँदै जाने भएकाले मुटुको नली साँघुरो भई बन्द हुन्छ । जसले मुटुमा रगत र अक्सिजन नपुगी हृदयाघात हुन्छ । हृदयाघात भनेको पनि कुनै कारणवश मुटुले पाउनुपर्ने रगत र अक्सिजन नपाएर मुटुले काम गर्न नसक्ने स्थिति हो ।

अरु समयको तुलनामा जाडो मौसममा हृदयघातको खतरा बढेर आउछ । चिसो बढदै जाँदा बाह्य वातावरणका कारण मुटुका बिरामीहरु बढि जोखिममा हुन्छन् । हरेकपटक दुई डिग्री बाह्य वातावरणको तापक्रमको झर्दा दुई सय जति मानिसहरु हृदयघातको जोखिममा पर्ने तथ्य एक अनुसन्धानले पत्ता लगाएको छ ।
चिसो मौसममा धमनी खुम्चने भएकाले प्रयाप्त मात्रामा मुटुमा अक्सिजन र तापक्रमको कमी मुटुमा पर्न गई मानिसलाई बढि हृदघात हुन्छ । यो अवस्थामा शरिरको तापक्रलाई सन्तुलन राख्न मुटुले अझ बढि काम गर्नु पर्ने हुन्छ । जसले गर्दा हृदयघातको सम्भावना बढि हुन्छ । त्यसैले जाडोमा हृदयघातबाट बढ्नलाई यस्ता कुरामा ध्यान दिनुस् ।
१।बिहान ५ बजेदेखि ६ बजेभित्र उठ्नुस् । हामीलाई जाडोमा विछौना छोड्न गार्हो हुन्छ तर बिहान जति सबेरै उठ्यो हाम्रो मन त्यति नै फ्रेस र चङ्गा हुन्छ ।
२।व्यवस्थित सुत्ने र उठ्ने बानीको विकास गराउनुस् । निन्द्रा लाग्दैन भनेर ढिला समयसम्म नबस्नुस् । निन्द्रा नपुगेमा मुटु रोगहरु बढ्दै जान्छन् । त्यसैले राती १० बजेदेखि ११ बजेभित्र सुत्नुस् ।
३।विहान उठेर नियमित रुपमा एक घण्टा जति व्यायाम गर्ने बानीको विकास गर्नुस् । मुटुरोग नियन्त्रण गर्ने सबैभन्दा उत्तम कदम हो ।
४।व्यायाम सकिसकेपछि ३० मिनेटजति आफूले दिनभरी गर्ने कार्य योजना बननउनुस् जसले तपाईको दिनभरीको कामलाई व्यवस्थित गराउछ ।
५।चुरोट ,रक्सी,सुर्ती जस्ता चीजहरु मुटुरोगको सबैभन्दा ठूला शत्रु हुन् त्यसैले यस्ता चीजहरु सेवन गर्ने बानी हटाउनुस् ।
६।आफूले नसक्ने कामको बोझ नलिनुस् किनकी अत्यधिक कार्यबोझले नै निम्त्याउँछ रक्तचाप र हृदयघात जस्ता रोगहरु ।
७।हिजो र भोलिका हुने कुरालाई लिएर आजको काममा बाधा पुग्ने काम नगर्नुस ।
८।किताबबाट ज्ञानमात्र होइन सुस्ख–सन्तुष्टि पनि प्राप्त हुन्छ त्यसैले किताब पढ्ने बानीको विकास गराउनुस् ।
९।हाफूले गर्ने कुनै काम तथा क्रियाकलापले अरुलाई प्रभाव पारिरहेको छ भने त्यसलाई रोक्नुस् ।।
१०।वर्षमा एकपटक आफ्नो परिवारसँग कुनै नयाँ ठाउँमा पनि घुम्न जानुस । संगीत मानव जीवनलाई फ्रेस मात्र नभएर निरोगी पनि बनाउँछ त्यर्सले नियमित रुपमा संगीत पनि सुन्नुस् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


