जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको कथा, स्टुडेन्ट लाईफ ईन जापान (भिडियो)

31 October, 2015 00:04 | जापान , विशेष भिडियो | comments | 528450 Views

Japan_124जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कस्ता उल्झनहरु झेल्छन, कति काम गर्छन अनि कसरी दिन विताउछन, यस्तै कथालाई विद्यार्थीहरुले नै भिडियोमा उतारेका छन ।

राजधानी टोकियोमा वस्दै आएका नेपाली विद्यार्थीहरुको दैनिकीलाई कथा बनाएर भिडियो तयार गरेका हुन राजेन्द्र श्रेष्ठले। विदेशमा नेपाली विद्यार्थीहरुले पढाईसंगै घरको ऋण तथा आफनो दैनिकी पनि सोचेर काम गरेको कथा भिडियोमा समेटिएको छ । जसको नाम निर्देशक तथा भिडियो सम्पादक राजेन्द्र आफैले गरेका छन ।

विदाको दिन विताउने तरिका तथा पढने र काम गर्ने दिनको व्यस्ततालाई भिडियोमा उतारेका छन । साढे १७ मिनेटको भिडियोमा नेपाली विद्यार्थीहरुले विद्यार्थी जिवनमा गर्ने संघर्ष पढाईको अवस्थालाई कक्षा भित्रकै दृश्यमा पनि समावेश गर्न सफल भएका छन । भिडियो कथामा आफनै सहकर्मी तथा विभिन्न कलेजका विद्यार्थीहरुलाई अभिनय गराएका छन । विद्यार्थीको कथा व्यथालाई समेटेर तयार पारिएको भिडियोलाई निर्देशक राजेन्द्रले स्टुडेन्ट लाईफ ईन जापान नाम दिएका छन ।

  

भिडियो:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More