“जापान भित्र्याउने र शरणार्थी बनाउने गिरोह नै सक्रिय छ”

3 July, 2016 17:01 | अन्तरवार्ता , जापान | comments | 882750 Views

Rajan-Anand

यतिबेला जापानमा नेपाली युवा तथा विद्यार्थीहरु शरणार्थी बन्न बढी लालायित हुँदै त्यसतर्फ अग्रसर भैरहँदा यसले नेपाल र नेपालीको प्रतिष्ठामा घात पुगेको लामो समयदेखि जापानमा बसेर स्थापित बनेका अग्रजहरुको टिप्पणी छ ।

यस्तै टिप्पणी गर्नेमा पर्नुहुन्छ राजन प्रधानांग । विभिन्न माध्यमबाट जापान आएर पछि शरणार्थीको आवेदन दिनु नेपाली युवाहरुको रहर हैन एउटा बाध्यता पनि हो । किनभने आशैआशको भारी बोकाएर मोटो रकम लिएर जापान भित्र्याउने र पछि शरणार्थी बन्न प्रेरित गर्ने गिरोह नै जापानमा सक्रिय रहेको सुन्नमा आएको प्रधानांगको कथन छ ।

  

उहाँको कथन छ, जापानका विभिन्न संघ संस्थामा आवद्ध नेपालीहरु, जो सामाजिक संस्था खोलेर बसेका छन् । ती संस्थाका नेताहरु, नेपालको उच्च पदमा रहेका कर्मचारीहरु पनि युवाहरुलाई जापान प्रवेश गराउने एक माध्यम बनेको सुन्नमा आएको छ । यस्तो हुनु दुखद मात्र नभई देशको बेइज्जतको विषय भएको प्रधानांगको कथन छ ।

यसलाई आफूले ग्यारेन्टी दिन नसके पनि नेपालमा जे पनि हुने र सबै नक्कली काम हुने गरेकोमा यसलाई पत्याउन कर लाग्ने उहाँ बताउनुहुन्छ । त्यसरी प्रवेश गरेका नेपालीहरुलाई पैसा लिएर नक्कली कागजपत्र बनाई अवेदन दिलाउने गिरोह पनि उत्तिकै सक्रिय छ । यद्यपि आफ्नो सम्पर्कमा आएका विशिष्ठहरु भने त्यस्तो काममा नलागेको उहाँको दावी छ ।

यतिबेला नेपाली युवा तथा विद्यार्थीहरुका लागि जापानमा अध्ययन तथा श्रमका लागि महत्वपूर्ण गन्तव्य बनिरहेको छ । जापानमा झण्डै ६० हजारको हाराहारीमा नेपालीहरु बस्दछन् । यससंगै त्यहाँ शरणर्थी बन्न आवेदन दिनेहरुको संख्या पनि बढ्दै गैरहेको छ । शरणार्थी बन्न आवेदन दिने नेपालीहरु तीन प्रतिशत रहेको एक तथ्यांक देखाएको छ ।

सन् २०११ मा २५१ जनाले अवेदन दिएका थिए भने यो संख्या बढेर २०१३ मा ५४४ पुगेको थियो । त्यस्तै सन् २०१५ मा आइपुग्दा १७६८ पुगेको थिए । जापानमा ६९ देशका नागरिकहरुले शरणार्थीको लागि अवेदन दिने गरेका छन् भने, अवेदन दिने देशमा नेपाली दोस्रो स्थानमा पर्दछन् ।

जापान सरकारले मानवीय सहायता कार्यक्रम अन्तर्गत द्वन्द्वका कारण विस्थापित भएका, नयाँ प्रणालीका कारण जीवन खतरमा रहेका तथा लैंङिगक हिंसाका शिकार हुन पुगेकाहरुलाई शरणार्थीका रुपमा स्विकार गर्ने गरेको छ । नेपालीहरुले भने आर्थिक शरणार्थीको रुपमा अवेदन दिने गरेका छन् । स्मरणीय के छ भने जापानले आर्थिक शरणार्थीहरुलाई तत्कालिन रुपमा स्वीकारेको देखिदैन ।

प्रधानांग जापानबासी नेपालीहरुको दुःखमा साथ दिने समाजसेवी पनि हुनुहुन्छ । उहाँले झापाका गोविन्द मैनाली निर्दोष रहेको प्रमाणित गर्न ठूलो भूमिका खेल्नुभयो । मैनालीको हकमा उहाँले अभियान नै चलाएर अन्ततः कानुनी जीत हासिल गराउन सफल हुनुभयो ।

नेपाल जापान ड्ट कमले जापानवासी नेपालीका अग्रज राजन प्रधानाङगसंग “जापानमा शरणर्थी आवेदेन नेपालीको रहर कि बाध्यता” शीर्षकमा जापानमा शरणार्थी बन्न नेपालीको मोह बढ्नुको कारण र यसको समाधानको विषयमा आनन्द कोइरालाले लाइभ भिडियो अन्तरक्रिया सञ्चालन गर्नुभएको थियो । प्रस्तुत छ सो कार्यक्रमको भिडियो–

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More