टेलर स्विफ्टले चारदिनभित्र बनाइन तीन रेकर्ड

29 August, 2017 22:10 | कला/मनोरन्जन , हलिउड | comments | 151350 Views

अमेरिकी गायिका र गीतकार टेलर स्विफ्टले चार दिनभित्र तीन प्रमुख रेकर्ड तोडेकी छिन् । उनले एडेल र एड सिरानको लाइकको रेकर्ड पनि तोडेकी छिन् ।

‘लुक ह्वाट यु मेड मि डु’ गत शुक्रबार स्पोटिफाइमा ८० लाख पटक हेरिएको छ । रिलिज भएको पहिलो दिनमा नै यति धेरै पटक हेरिएको यो पहिलो गीत हो ।उक्त भिडियोले युट्युबको एक दिनको स्ट्रिमिङ रेकर्ड पनि तोडेको छ ।

  

अर्को भिन्न लिरिक भिडियोले पहिलो दिनमा नै १ करोड ९० लाख भ्यू पाएको छ । पूर्व रेकर्ड होल्डर चेन स्मोकर र कोल्डप्लेको ‘समथिङ जस्ट लाइक दिस’ भन्दा यो दोब्बर बढि हो ।

यद्यपी, उनको गीतले मिश्रित टिका टिप्पणी पाइरहेको छ ।स्पिन म्यागजिनले उनको गीतलाई ‘गाह्रो’ र ‘उदास’ बताएको छ भने न्यूयोर्क टाइम्सले उनको गीतको शब्दलाई शक्तिशाली तर ‘आनन्द नदिने बताएको छ ।रोलिङ स्टोनले भने उनको गीतको निकै तारिफ गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More