ट्रक दुर्घटनामा १० घाइते

7 June, 2017 14:34 | समाज | comments | 164700 Views

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटार मनकामना केबलकारको गेटनजिकै ट्रक  दुर्घटना भएको छ। बुधबार बिहान ट्रक दुर्घटनामा १० जना घाइते भएका छन्। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको सामान बोकेको ट्रक बिहान करिब ८ बजेको समयमा दुर्घटना भएको हो।

ट्रक आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको र अहिले घाइतेहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा परेका मध्य ट्रक चालक पर्साका २८ वर्षीय विनोद कुमार साहको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

  

महाराष्ट्रका मुख्यमन्त्री सहित पाँच जना सवार हेलिकोप्टर दुर्घटना

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More