ठूली आमाले पकाएको चाउमिन खाँदा दुई बालकको मृत्यु

16 December, 2018 18:19 | समाज | comments | 141150 Views


कृष्णपुर नगरपालिका– ३ आमघाट बस्दै आएका दुई बालकको चाउमिन खाँदा मृत्यु भएको छ । चाउमिन खाएर मृत्यु हुनेमा १२ बर्षीया धनबहादु् सुनार र ८ वर्षीया टेक सुनार रहेका छन् ।

मृत्यु भएका दुई बालक आफ्नो ठुलो बाबा र आमाको घरमा आश्रीत थिए । मृतकका बुवाको केही समयअघि मृत्यु भएको कारण उनीहरु ठूलो बाबाको आश्रममा आश्रित थिए । हिजो शनिबार आमा बिमला देवी सुनारका साथमा बेलौरीमा रहेको मामाघर विवाह खान जाने क्रममा घरबाटै ठूली आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जना विरामी परेका थिए ।

दुवै जनाले वान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भब नभएपछि थप उपचारका लागी कैलालीको सेती अञ्चल अस्पताल लगिएको थियो ।

  

त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारका लागी लैजाने क्रममा शनिबार बिहान बाटोमै दुवै जनाको ज्यान गएको हो ।

दुवै बालकको ज्यान गएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर ठूलोबुबा र आमाले हत्या गरेको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे भने अहिले खुल्न सकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More