तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी
सरकारले मुलुकका तीन प्रमुख नदीमा जलयातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी,मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।
यीनदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टीमरलगायतका यातायात सञ्चालनमा छन् ।सम्भाव्यता अध्ययनका लागि प्रविधिकसहितको टोली नदीमा खटाउन लागिएको नेपाल पानीजहाज कार्यालयका सूचना अधिकारी वल्लभ विष्टले जानकारी दिए ।

टोलीले स्थलगत अनुगमन गर्दै जलमार्गको सम्भाव्यता र आगामी दिनको तयारी थाल्ने कार्यालयको भनाइ छ । उनले भने,“कार्यालयले प्रविधिकसहितको टोली खटाउने र कार्यालयलाई प्राप्त प्रतिवेदनको आधारमा जलमार्गको मर्मत तथा पोर्ट निर्माण गरिने छ।”
पानीजहाज सञ्चालनका लागि कानुनी पूर्वाधार तयार गर्न ‘एकीकृत पानीजहाज ऐन’को मस्यौदा अन्तिम चरणमा पुगेको छ । मल्लके कानूनी सेवा परामर्शले तयार गरेको प्रतिवेदन चाँडै बुझाउने नेपाल पानीजहाज कार्यालयले जनाएको छ ।“मन्त्रालयबाट निर्देशन समिति गठन गरिएको छ,कार्यालयमा बुझाएको मस्यौदा समितिले प्रदेशमा लगेर छलफल गर्नेछ,” उनले भने । जलमार्ग पहिचान गर्नको लागि ऊर्जा,यातायातकार्यालय, मन्त्रालयमातहतको महाशाखा सहितको समिति रहनेछ । समितिले आन्तरिक पदमार्ग अध्ययन गरेर सम्भाव्यता अध्ययनको लागि समेत प्राविधिक खटाउने तयारी कार्यालयले गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलमार्ग पानी जहाज कार्यालय गत वर्षदेखि नै सञ्चालनमा ल्याएको छ ।सहसचिव नेतृत्वको समितिले कार्यविधिसहितको मस्यौदा तयार पार्ने जनाइएको छ । समितिले प्रतिवेदन बुझाएसँगै जलमार्ग सञ्चालनको बाटो पनि खुल्ने छ । जलमार्ग कसरी सञ्चालन गर्ने भन्ने चालकदलका सदस्यको नियमनसहितको मापदण्ड ल्याउने छ । समितिले अन्तर्राष्ट्रिय महासन्धि र विदेशी मापदण्डअनुरूपको कार्यादिशामा रहेर नियमन गर्न कार्यालयको भनाइ छ । यो सँग मोटरबोट र अन्य जलमार्गमा सञ्चालनमा रहेका नदीवाहकले पनि नियमन भएर चल्नुपर्नेछ ।
सम्भाव्यता अध्ययनका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ भने कार्यालयसँग सम्बन्धित प्राविधिक जनशक्ति र कर्मचारीको अभावले पनि कार्य प्रगतिमा ढिलाइ भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नारायणगढबाट राम्दीघाट, नाराणगढबाट कुरिनटार, चतारबाट दोलालघाट,चतराबाट रुम्जाटारलगायत गरी १० स्थानमा पानी जहाज सञ्चालनका लागि प्रदेशबाट प्रस्ताव माग गरिएको छ ।कार्यालयले विस्तृत अध्ययन नभएपनि स्थलगत अध्ययन भने गर्ने छ ।
सरकारले जलयातायात सञ्चालन गर्न जहाज खरिद गर्ने छैन तर निजी क्षेत्रबाट सञ्चालनको तयारीसहित ठूला लगानीको प्रस्ताव आएको कार्यालयले जनाएको छ ।गत वर्षको फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दै मुलुकमा जल यातायातको युग सुरु भएको बताएका थिए ।
बहुप्रतिक्षित परियोजनाको रूपमा रहेको पानीजहाज सञ्चालनलाई प्रधानमन्त्रीको सपना भन्ने गरिएको छ । जल यातायात सञ्चालनको लागि सरकारले छिमेकी मुलुक भारतसँग सहमति यसअघि नै गरिसकेको छ भने गत साउनमा प्राविधिकसहितको भारतीय टोलीसँग छलफल पनि गरेको थियो ।
आजको कारोबार दैनिकमा खबर छ ।
नारायणीमा पानीजहाजको सफल परीक्षण दशैअघि नै संचालनमा आउने
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


