तेह्रस्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने
मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो ।
विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो ।

विभागले सल्यानको कपुरकोट, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा, मकवानपुरको सुपिनमा मार्बल, गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकको पाँच स्थानमा बालुवा उत्खनन गर्न लागेको छ ।
धादिङको बेनीघाट–रोराङ गाउँपालिकास्थित धुसा, म्याग्दीको ओखरबोट र मकवानपुरको आग्राखोलामा तामा र मकवानपुरको दामनमा कावालीनको विस्तृत अन्वेषण गर्न लागेको छ । महानिर्देशक घिमिरेलले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका स्वदेशी तथा विदेशी कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेर राम्रो कम्पनीलाई उत्खननका लागि अनुमति प्रदान गरिने बताउनुभयो ।
खानी तथा खनिज पदार्थ नियमावलीअनुसार प्राविधिक प्रस्तावमा ६० प्रतिशत र आर्थिक प्रस्तावलाई ४० प्रतिशत आधार मानेर मूल्याङ्कन गर्ने गरिन्छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


