‘द सेप अफ वाटर’ अस्करको सर्वाधिक नोमिनेसनमा

24 January, 2018 15:48 | कला/मनोरन्जन , हलिउड | comments | 226050 Views

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको नोमिनेसन घोषणा गरिएको छ ।

गुइलेरमो डेल तोरोको उक्त चलचित्र उत्कृष्ट चलचित्र लगायत १३ विद्यामा नोमिनेसन भएको छ । त्यस्तै दोस्रो विश्वयुद्धको विषयवस्तुमा आधारित ‘डङकर्क’ ८ र ‘थ्री बिबोर्डस आउटसाइड एबिङ , मिसौरी’ ७ विद्यामा नोमिनेट भएको छ । नोमिनेसनमा परेका बेलायती स्टारमा ग्यारी ओल्डम्यान , सेली हकिन्स र डेनियल डे लिविस र कालुया रहेका छन् । उत्कृष्ट चलचित्रको नोमिनेसनमा परेका नौ चलचित्रमध्येको लेडी बर्डका निर्देशक ग्रेता जर्विग उक्त चलचित्रका लागि उत्कृष्ट निर्देशकमा नोमिनेट भएका छन् ।

  

डार्केस्ट आवरमा विँसटन चर्चिलको भुमिका निर्वाह गरेका ओल्डम्यानले यसअघिनै गोल्डन ग्लोब र स्क्रिन एक्टर्स गिल्ड हात पारिसकेका छन् भने अस्कर हात पार्नका लागि उनले तीन पटक अस्कर जीतिसकेका सर डेनिउल डे लुइसको सामना गनुपर्ने छ जो यसपटक फ्यान्टम थ्रेडबाट उत्कृष्ट अभिनेताको रुपमा नोमिनेट भएका छन् । त्यस्तै उत्कृष्ट अभिनेत्रीको रुपमा द पोष्टकी अभिनेत्री मेरिल स्ट्रिप नोमिनेट भएकी छिन् । यो नोमिनेसन उत्कृष्ट अभिनेत्रीको रुपमा उनको १७ औँ र समग्रमा २१ औ नोमिनेसन हो ।

अस्कर विजेता पल ह्यागिसमाथी यौन दुव्र्यवहार र वलात्कारको आरोप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More