नयाँ वर्षको सुरुवातसंगै शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब
नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले सुधार आई दुई हजार ७३५.३९ मा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ विन्दुले सुधार आई ४९२.४४ मा पुगेको छ ।

कूल २१८ कम्पनीका एक करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर रु आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा कारोवार भएको छ । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख सात हजार बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर भने उकालो लागेको छ ।
व्यापार ९९.६५ र जलविद्युत् ८.९७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०ं१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३.२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ विन्दुले उकालो लागेको छ ।
कारोवारका आधारमा बिहिबार एनआइसि एशिया लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ८९ लाख ६३ हजार ९९८ बराबरको कारोवार भयो । यस्तै नेपाल पूर्वाधार बैंक रु ४९ करोड ८७ लाख ३४ हजार २७३, एनआइसि एशिया बैंक ३२ करोड ६२ लाख ८० हजार ९४४, नेपाल बङ्गलादेश बैंक रु २४ करोड ७९ लाख ३७ हजार २५७, नबिल बैंक रु २३ करोड १५ लाख ६७ हजार ३२१, ग्लोबल आइएमई बैंक रु २० करोड १८ लाख ३६ हजार १४, कुमारी बैंक रु १९ करोड ८२ लाख ३६ हजार ७७१, हिमालयन डिस्टिलरी रु १६ करोड पाँच लाख ७० हजार १९६, प्रभु बैंक रु १५ करोड ४० लाख २४ हजार ५१० र मेगा बैंक रु १४ करोड ७५ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै कारोवारका आधारमा वेस्ट फाइनान्स १०, एनआइसि एशिया लघुवित्त ९.९५, महिला लघुवित्त ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.९२, ग्रीन डेभलपमेन्ट बैंक ९.६८, छ्याङ्दी पावर ९.६७, कर्णाली डेभलपमेन्ट बैंक ९.६४, सप्तकोशी डेभलपमेन्ट बैंक ९.५७ र सिन्धु विकास बैंकका लगानीकर्ताले ८.९४ प्रतिशतले कमाए ।
त्यस्तै मल्टीप्रपोज फाइनान्स ३.६७, नेशनल माइक्रोफाइनान्स ३.५२, स्वाभिमान लघुवित्त ३.४६, साल्ट टे«डिङ कर्पोरेशन २.७०, मितेरी डेभलपमेन्ट बैंक २.५६, साधना लघुवित्त २.४४, नेशनल हाइड्रोपावर २.४१, प्रभ बैंकको ऋणपत्र १.९३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.८५ प्रतिशतले गुमाएका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


