नाक-आँखा र टाउकोबिनाको बच्चा जन्मिएपछि…

25 October, 2019 13:01 | बिचित्र | comments | 230100 Views

पोर्चुगलमा नाक, आँखा र टाउकोको भाग बिना नै बच्चा जन्मिएको छ । असामान्य स्वास्थ्य अवस्थामा जन्मिएका ती शिशु (रोड्रिगो) केही घन्टामात्रै  बाँच्ने बताइए पनि दुईसाताभन्दा बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा उनी जीवित नै छन् ।

रोड्रिगोको राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा पर्ने एक अस्पतालमा रोड्रिगोको ७ अक्टोबरमा जन्म भएको थियो । रोड्रिगोका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तीनपटक अल्ट्रासाउण्ड गराएकी थिइन् । तर गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे डाक्टरले केही पनि भनेका थिएनन् ।

बिबिसिका अनुसार अहिले यस्तो बच्चा जन्मिएपछि महिलाको निरन्तर गर्भ परीक्षण गरिरहेका डाक्टर निलम्बनमा परेका छन् । रोड्रिगोका आमाबुवालाई छोरा नजन्मिँदासम्म उसमा थुप्रै शारीरिक दुर्बलता होला भन्ने थाहै थिएन । रोड्रिगोकी आमाले आफू ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको अल्ट्रासाउण्ड गराएकी थिइन् । उक्त जाँचमा भने बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइएको थियो ।

  

तर त्यसबारे डाक्टर कारभालोलाई सोध्दा उनले त्यसलाई त्यति ठूलो समस्या नभएको बताएका थिए । यसपछि त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले प्रसुतीसम्बन्धी डाक्टर आर्तर कारभालोलाई निलम्बन गर्न निर्णय गरेका थिए । त्यसो त यो घटना बाहिर आएपछि बच्चाहरूको उपचारमा भएका लापरबाहीबारे एक दशकभन्दा लामो समयदेखिका उजुरीहरू रहेको पनि खुलेको छ ।

पोर्चुगलका मिडियाहरूले पेस गरेका त्यस्ता उजुरीको विवरणले व्यापक रूपमा आक्रोश निम्त्याएको छ । डाक्टर कारभालोले आफूमाथिका कुनै पनि आरोपबारे सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छैनन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More